भोटेकोशी बाढी प्रभावितका लागि लोमस फर्मास्युटिकल्सको ८८ लाख बराबरको सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भोटेकोशी बाढी प्रभावितका लागि लोमस फर्मास्युटिकल्सको ८८ लाख बराबरको सहयोग



काठमाडौं । लोमस फर्मास्युटिकल्सले भोटेकोशी बाढी प्रभावितहरूका लागि औषधि तथा स्वास्थ्य सामग्री सहयोग गरेको छ। कम्पनीले बाढी प्रभावित क्षेत्रमा औषधि तथा शव व्यवस्थापनका लागि आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको हो।

बाढीपछिको आपत्कालीन अवस्थालाई ध्यानमा राख्दै लोमसले औषधि, सर्जिकल किट, शव व्यवस्थापन ब्याग र पीपीई किटलगायत सामग्री हस्तान्तरण गरेको कम्पनीका निर्देशक प्रणवजंग पाण्डेले जानकारी दिए।

उनका अनुसार आइतबार तेस्रो खेपअन्तर्गत सर्जिकल किट तथा शव व्यवस्थापनका लागि अत्यावश्यक ब्यागहरू सहयोगस्वरूप उपलब्ध गराइएको हो। यसअघि कम्पनीले तीन चरणमा गरी सशस्त्र प्रहरी बललाई मात्रै ५० लाख रुपैयाँ बराबरको औषधि हस्तान्तरण गरिसकेको छ।

लोमस फर्मास्युटिकल्सले हालसम्म कुल ८८ लाख रुपैयाँ बराबरको राहत तथा स्वास्थ्य सामग्री सहयोग गरिसकेको जनाएको छ। जसमा ५० लाख रुपैयाँ बराबरको औषधि, २५ लाख रुपैयाँ बराबरको सर्जिकल किट, १० लाख रुपैयाँ बराबरको शव व्यवस्थापन ब्याग र ३ लाख रुपैयाँ मूल्य बराबरको पीपीई किट रहेका छन्।

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा राहत उपलब्ध गराउने क्रममा निर्देशक पाण्डेले प्राकृतिक विपद्को घडीमा कम्पनी आफ्नो तहबाट सकिने सहयोग गर्न सधैँ तत्पर रहेको बताए।

उनले खाद्यान्न, औषधि तथा शव व्यवस्थापनका लागि अत्यावश्यक सामग्रीलाई प्राथमिकताका साथ उपलब्ध गराइएको बताउँदै आगामी दिनमा पनि आवश्यकता अनुसार सहयोगलाई निरन्तरता दिइने जानकारी दिए।

प्रकाशित : 31 August, 2026 12:28 pm