जावलाखेल ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

जावलाखेल ग्रुपले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड दिने



काठमाडौं । जावलादेख ग्रुप अफ इन्डस्ट्रिजले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग प्रदान गर्ने घोषणा गरेको छ । हालै तिब्बतबाट रसुवा, नुवाकोट, धादिङ लगायत जिल्लामा आएको बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गर्दै जावलाखेल ग्रुप अफ इन्डिस्ट्रिजले पीडितको राहतका लागि कोषमा रकम जम्मा गर्ने भएको हो ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा विभिन्न संघसंस्थाले सहयोग गर्ने क्रम जारी छ ।

प्रकाशित : 30 August, 2026 3:07 pm