चिनियाँ ट्रान्सपोर्ट विमानमार्फत काठमाडौं आइपुग्यो आपतलीन राहत सामग्री  « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

चिनियाँ ट्रान्सपोर्ट विमानमार्फत काठमाडौं आइपुग्यो आपतलीन राहत सामग्री 



काठमाडौं । भोटेकोशी बाढीका कारण चपेटामा परेको नेपाललाई चीन सरकारले राहत सामग्री उपलब्ध गराएको छ । ५० टन आपत्कालीन राहत सामग्री लिएर आइतबार विहान चिनियाँ जनमुक्ति सेनाको वायुसेनाका दुईवटा वाई २० ठूला ट्रान्सपोर्ट विमान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् ।

विमानमार्फत आपत्कालीन राहत सामग्रीका साथै चार जना चिनियाँ सुरुङ उद्धार विशेषज्ञ पनि आवश्यक उद्धार उपकरणसहित नेपाल आइपुगेका छन्। नेपाल सरकारका तर्फबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राहत सामग्री बुझ्नुका साथै नेपाल आएको टोलीलाई स्वागत गरेका थिए । सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङ र प्रतिनिधिसभा सदस्य धर्म केसी पनि विमानस्थल पुगेका थिए ।

चीनको छङ्दुस्थित सुवाङलिउ अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेका दुई विमानले ५० टन तौल बराबरका १३ हजार २०० थान आपत्कालीन राहत सामग्री ल्याएको हो । जसमा त्रिपाल, ब्ल्याङ्केट, स्लिपिङ ब्याग, ड्राइफुड, बिस्कुट र प्राथमिक उपचार किट रहेका छन् ।

प्रकाशित : 30 August, 2026 12:55 pm