विनाशकारी बाढीपहिरो प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि पद्म ज्योतिद्वारा १ करोड सहयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

विनाशकारी बाढीपहिरो प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि पद्म ज्योतिद्वारा १ करोड सहयोग



काठमाडौं। पछिल्लो समय नेपालका विभिन्न क्षेत्रमा आएको विनाशकारी बाढीपहिरोका कारण जनजीवनमा गम्भीर असर परेको भन्दै प्रभावित परिवार तथा समुदायको राहत र पुनर्स्थापनाका लागि पद्म ज्योति ग्रुपले १ करोड सहयोग गरेको छ।

पद्म ज्योति ग्रुपअन्तर्गत रहेको स्याकार ट्रेडिङ कम्पनी प्रालिले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्फत उक्त रकम सहयोग गरेको हो। प्राकृतिक विपत्तिका कारण प्रभावित परिवारलाई तत्काल राहत, आवश्यक सहयोग तथा दीर्घकालीन पुनर्स्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त योगदान गरिएको कम्पनीले जनाएको छ।

नेपालमा होन्डाको प्रतिनिधित्व गर्दै आएको स्याकार ट्रेडिङ कम्पनीले विपद्को समयमा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै सहयोग गरेको बताएको छ। कम्पनीले कठिन परिस्थितिमा प्रभावित सबै परिवार तथा समुदायसँग आफूहरू साथमा रहेको उल्लेख गर्दै राहत तथा पुनर्स्थापनाका कार्यमा सकारात्मक योगदान पुर्‍याउनु आफ्नो उद्देश्य रहेको जनाएको छ।

विपद्पछि राहत, उद्धार तथा पुनर्स्थापनाका लागि सरकार तथा विभिन्न सरोकारवाला निकायले गरिरहेको प्रयासमा सबै क्षेत्रको सहकार्य आवश्यक रहेको कम्पनीले जनाएको छ। प्रभावित समुदायको सामान्य जनजीवन पुनःस्थापनाका लागि सामूहिक प्रयासको महत्त्वमा समेत कम्पनीले जोड दिएको छ।

प्रकाशित : 30 August, 2026 11:18 am