बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि २० हेलिकप्टर ’स्ट्यान्डबाइ’, १० वटा परिचालनमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि २० हेलिकप्टर ’स्ट्यान्डबाइ’, १० वटा परिचालनमा



काठमाडौं । बाढीग्रस्त क्षेत्रमा तत्काल उद्धार तथा राहत कार्यलाई तीव्रता दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित रेस्क्यु कोअर्डिनेसन सेन्टर (आरसीसी) मार्फत २० वटा हेलिकप्टर तयारी अवस्थामा राखिएको छ । बिहीबार बिहान साढे ६ बजेदेखि नै ती हेलिकप्टरहरूलाई ’स्ट्यान्डबाइ’ राखिएको हो भने बाढीग्रस्त क्षेत्र आसपास थप १० वटा हेलिकप्टरहरू यसअघि नै परिचालित भइसकेका छन् । 

उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन प्रधानमन्त्री कार्यालयस्थित हटलाइन सेन्टर, गृह मन्त्रालय तथा विभिन्न माध्यमबाट प्राप्त सूचनाका आधारमा उद्धार तथा राहत आवश्यक पर्ने स्थानहरूको प्राथमिकता निर्धारण गरिने जनाइएको छ । सोही प्राथमिकताको आधारमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) को निर्देशनअनुसार हेलिकप्टरहरू परिचालन गरिनेछ । 

प्राधिकरणले आपत्कालीन उद्धार तथा राहत चाहिने कुनै पनि सूचना भए तत्काल प्राधिकरणको आधिकारिक पोर्टल ९जततउकस्ररकभतग।लमचचmब।नयख।लउ० मार्फत रिपोर्ट गर्न सर्वसाधारणमा अनुरोध गरेको छ । प्राप्त सूचनाको आधारमा सम्बन्धित निकायसँग समन्वय गरी द्रुत गतिमा उद्धार टोली खटाइने बताइएको छ ।

प्रकाशित : 27 August, 2026 9:16 am