सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने, असोज १ मा साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सुपर मादी हाइड्रोपावरले १५ प्रतिशत बोनस शेयर दिने, असोज १ मा साधारण सभा



काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १५ प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ । कम्पनीको भदौ ८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको आधारमा १५ प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनका लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

बोनस शेयरको मूल्य ३४ करोड ७२ लाख ८७ हजार ५०० रुपैयाँ बराबर हुनेछ । उक्त लाभांश विद्युत् नियमन आयोगको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनीले जनाएको छ । लाभांश प्रस्ताव अनुमोदन गर्न कम्पनीले असोज १ गते बिहान ११ बजे काठमाडौंस्थित होटल इम्पेरियल मा १७औँ वार्षिक साधारण सभा बोलाएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले भदौ २२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसअनुसार भदौ १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागी हुन र घोषित लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : 25 August, 2026 3:07 pm