सनराइज फोकस्ड इक्वीटी फण्डले ४.५ प्रतिशत नगद लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सनराइज फोकस्ड इक्वीटी फण्डले ४.५ प्रतिशत नगद लाभांश दिने



काठमाडौं । लक्ष्मी सनराइज म्युचुअल फण्डअन्तर्गत सञ्चालित सनराइज फोकस्ड इक्वीटी फण्डले आर्थिक वर्ष २०८२/८३ का लागि इकाईधनीहरूलाई ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ।

लक्ष्मी सनराइज बैंक लिमिटेडद्वारा प्रवर्द्धित तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको फण्डले करसहित ४.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

लक्ष्मी सनराइज क्यापिटलको भदौ ५ गते बसेको सञ्चालक समितिको १६५औँ बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश वितरण गर्ने निर्णय गरेको जनाइएको छ।

फण्डले लाभांश वितरणका लागि आवश्यक प्रक्रिया पूरा गरी योग्य इकाईधनीहरूलाई नगद लाभांश वितरण गर्ने जनाएको छ। घोषित लाभांशमा करसमेत समावेश भएकाले इकाईधनीले प्राप्त गर्ने रकमबाट प्रचलित व्यवस्थाअनुसार सम्बन्धित कर कट्टी गरिनेछ।

प्रकाशित : 24 August, 2026 12:07 pm