इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

Feature News

इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बन्यो एक्स्ट्रिम इनर्जी ड्रिङक्स

काठमाडौं। एक्स्ट्रिम इनर्जी ड्रिङक्स कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुँने इंग्लिस प्रिमियर लिग इपीएल २०२६–२७ को टाइटल स्पोन्सर बनेको छ ।

आज आयोजित एक कार्यक्रमबीच कान्तिपुर मिडिया ग्रुपका मार्केटिङ नायब महाप्रबन्धक सागर केसी र एक्स्ट्रिम इनर्जी ड्रिङक्सका बिसनेस हेड सोनिया रानाले सम्झैता पत्रमा हस्ताक्षेर गरे । इपीएल लगातार दोस्रो सिजन कान्तिपुर म्याक्सबाट प्रत्यक्ष प्रसारण हुँन लागेको हो । खेलकुद गतिविधी प्रतयक्ष प्रसारणमा कान्तिपुर म्याक्सको योगदान र इपीएलको लकप्रियताका कारण यो सम्झैता गरिएको एक्स्ट्रिम इनर्जी ड्रिङक्सका बिसनेस हेड सोनिया रानाले बताइन् ।

युरोपको सवाधिक पलोकप्रीय फुटबल प्रतियोगिता ईपीएल विश्वकै सबैभन्दा बढी दर्शकले हेर्ने लिग समेत हो । प्रत्येक खेलमा औसत ४० हजारभन्दा बढी दर्शक रंगशालामा उपस्थित हुने गर्छन् भने विश्वव्यापी दर्शक संख्या औसतमा ४ दशमलब ७ बिलियन पुग्ने पर्छ । नेपालमा विशेष गरी युवा पुस्तामा ईपीएल अत्यन्तै लोकप्रिय छ र विभिन्न क्लबका आधिकारिक फ्यान क्लबहरूसमेत सक्रिय छन् ।

पछिल्लो सिजन आर्सनलले उपाधि जितेको थियो । इपीएल २०२६–२७ शुत्रबार रातिबाट सुरु हुँदै छ । सिजनको पहिलो खेलमा सविक विजेता आर्सनलले यसै सिजन बढुवा भएको कोभेन्ट्री सिटीको सामना गर्ने छ ।

प्रकाशित : ५ भदौ २०८३, शुक्रबार १८:२४ 21 August, 2026 6:24 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।