कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीको पदबहाली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

कोषको कार्यकारी निर्देशकमा पर्वत कुमार कार्कीको पदबहाली



काठमाडौं । नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले शुक्रबार पदबहाली गरेका छन्। पदबहाली गर्दै कार्यकारी निर्देशक कार्कीले कोषको सेवा प्रवाहलाई प्रभावकारी, चुस्त र पारदर्शी बनाउँदै सुशासनलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे। उनले कोषमा रहेको ठूलो कोषलाई सरकारका प्राथमिकताप्राप्त आयोजना तथा उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा योगदान पुर्‍याउनुपर्ने बताए।

कार्कीले यसअघि पनि नागरिक लगानी कोषको कार्यकारी निर्देशकका रूपमा जिम्मेवारी सम्हालिसकेकाले कोषको कामकारबाहीबारे आफू जानकार रहेको उल्लेख गरे। आगामी दिनमा कोषलाई थप प्रभावकारी र सक्षम संस्थाका रूपमा अघि बढाउन आफू प्रतिबद्ध रहेको उनको भनाइ छ।

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गते बसेको बैठकले कार्कीलाई नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो।

प्रकाशित : 21 August, 2026 4:18 pm