एनएमबि बैंकको ऐतिहासिक उपलब्धि: चौथो त्रैमासमा ४ अर्बभन्दा बढी खुद नाफा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनएमबि बैंकको ऐतिहासिक उपलब्धि: चौथो त्रैमासमा ४ अर्बभन्दा बढी खुद नाफा



काठमाडौं। एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै वार्षिक खुद नाफा पहिलोपटक रु. ४ अर्ब नाघेको जनाएको छ। बैंकका अनुसार अघिल्लो आर्थिक वर्षको सोही अवधिमा रु. २.८५ अर्ब रहेको खुद नाफा ४०.६ प्रतिशतले वृद्धि भई रु. ४.०१ अर्ब पुगेको छ। यससँगै बैंकको कुल वितरणयोग्य नाफा रु. १.८७ अर्ब कायम भएको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८ प्रतिशत रहेको छ।

बैंकको प्रभावकारी वासलत व्यवस्थापनका कारण खुद ब्याज आम्दानी १७.५ प्रतिशतले बढेर रु. ९.४२ अर्ब पुगेको छ। त्यस्तै, डिजिटल तथा ट्रान्ज्याक्सन बैंकिङ सेवाको विस्तारसँगै शुल्क तथा कमिसन आम्दानी १६.६ प्रतिशतले वृद्धि भई रु. २.८३ अर्ब पुगेको बैंकले जनाएको छ।

त्यसैगरी, ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा भएको सुधारका कारण खुद ट्रेडिङ आम्दानी ८९.० प्रतिशतले वृद्धि भई रु. ६८१.४२ मिलियन पुगेको छ।

वित्तीय सूचकहरूमा पनि सुधार देखिएको छ। बैंकको पुँजी प्रतिफल ११.५८ प्रतिशत तथा सम्पत्ति प्रतिफल १.०४ प्रतिशत कायम भएको छ।

प्रकाशित : 4 August, 2026 1:43 pm