साप्सु कालिका हाइड्रोपावरले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउँदै, भदौ ९ मा साधारण सभा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साप्सु कालिका हाइड्रोपावरले आईपीओ निष्कासन प्रक्रिया अघि बढाउँदै, भदौ ९ मा साधारण सभा



काठमाडौं । साप्सु कालिका हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाउने भएको छ। कम्पनीले आईपीओ निष्कासन सम्बन्धी प्रस्ताव पारित गर्न नवौँ वार्षिक साधारण सभा आह्वान गरेको हो।

साउन १५ गते बसेको सञ्चालक समितिको बैठकले आगामी भदौ ९ गते बिहान १० बजे काठमाडौंको महाराजगञ्जस्थित कम्पनी रजिस्टर्ड कार्यालयमा नवौँ वार्षिक साधारण सभा आयोजना गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ।

सभामा आईपीओ निष्कासनको प्रस्तावलाई निरन्तरता दिने, आवश्यक परिमार्जनसहित सेयर निष्कासनसम्बन्धी प्रस्ताव स्वीकृत गर्ने तथा धितोपत्र बोर्डमा दर्ता प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ।

कम्पनीले साधारण सभाबाट प्रस्ताव पारित भएपछि नियामकीय प्रक्रिया पूरा गरी आईपीओ निष्कासनको तयारीलाई अगाडि बढाउने जनाएको छ।

प्रकाशित : 3 August, 2026 11:13 am