काठमाडौं । साहस ऊर्जा लिमिटेड (SAHAS) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीले विद्युत बिक्रीबाट हुने आम्दानी र खुद नाफा दुवैमा उल्लेखनीय वृद्धि गरेको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको ८९ करोड ५१ लाख रुपैयाँको तुलनामा यो ५१.८४ प्रतिशतले बढी हो।
सोलुखुम्बु जिल्लामा रहेको ८६ मेगावाट क्षमताको सोलु खोला (दूधकोशी) जलविद्युत आयोजनाबाट उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणलाई बिक्री गर्दै आएको कम्पनीले गत आर्थिक वर्ष २ अर्ब ८४ करोड रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ अर्ब ६४ करोड रुपैयाँ थियो।
प्रत्यक्ष कर तथा अमोर्टाइजेसन कट्टा गरेपछि कम्पनीको कुल नाफा १ अर्ब ९९ करोड रुपैयाँ पुगेको छ भने प्रशासनिक खर्च कटाएपछि सञ्चालन नाफा १ अर्ब ९७ करोड रुपैयाँ कायम भएको छ।
कम्पनीको नाफा बढ्नुमा वित्तीय खर्च (ब्याज दायित्व) घट्नु प्रमुख कारण बनेको छ। अघिल्लो वर्ष ८० करोड २१ लाख रुपैयाँ रहेको वित्तीय खर्च गत आर्थिक वर्ष घटेर ५७ करोड ७५ लाख रुपैयाँमा सीमित भएको छ।
वित्तीय रूपमा कम्पनी थप सुदृढ बन्दै गएको देखिएको छ। कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष ३ अर्ब १६ करोड २० लाख रुपैयाँबाट बढेर ३ अर्ब ६८ करोड ३ लाख रुपैयाँ पुगेको छ।
त्यसैगरी, कम्पनीको मध्यम तथा दीर्घकालीन ऋण ९ अर्ब १७ करोड रुपैयाँबाट घटेर ८ अर्ब ८६ करोड रुपैयाँमा झरेको छ। कम्पनीको कुल सम्पत्ति १८ अर्ब ४६ करोड १० लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ।
यसैबीच, कम्पनीले आफ्नो सहायक कम्पनी टाइम्स एनर्जी प्राइभेट लिमिटेड मार्फत ३४१ मेगावाट क्षमताको ‘बुढीगण्डकी ‘क’ जलविद्युत आयोजना’ अघि बढाइरहेको छ। उक्त आयोजनाका लागि हकप्रद सेयर जारी गर्ने प्रस्तावसहित आवश्यक प्रक्रिया समेत अगाडि बढाइएको कम्पनीले जनाएको छ।
कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्ममा १ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको खुद नाफा ९८९ करोड ५१ लाख रुपैयाँ० को तुलनामा ५१।८४ प्रतिशत बढी हो।
कम्पनीले सोलुखुम्बु जिल्लामा अवस्थित ८६ मेगावाट क्षमताको सोलु खोला ९दूधकोशी० जलविद्युत आयोजनाबाट विद्युत उत्पादन गरिरहेको र नेपाल विद्युत प्राधिकरणलाई बिक्री गरी आम्दानी गरिरहेको छ। कम्पनीले गत आर्थिक वर्ष विद्युत बिक्री गरी २ अर्ब ८४ करोड रुपैयाँ आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्ष २ अर्ब ६४ करोड रुपैयाँ थियो। प्रत्यक्ष कर तथा अमोर्टाइजेसन कट्टा गरेपछिको कुल नाफा १ अर्ब ९९ करोड रुपैयाँ रहेको छ भने प्रशासनिक खर्च घटाई सञ्चालन नाफा १ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ।
कम्पनीको वित्तीय खर्च ९ब्याज दायित्व० अघिल्लो वर्षको ८० करोड २१ लाख रुपैयाँबाट घटेर ५७ करोड ७५ लाख रुपैयाँमा झरेको छ, जसले नाफा बढाउन मुख्य भूमिका खेलेको छ।
कम्पनीले आफ्नो वित्तीय आधार र सञ्चित कोषलाई थप मजबुत बनाएको छ। कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५७ करोड ३८ लाख रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोष अघिल्लो आर्थिक वर्ष ३ अर्ब १६ करोड २० लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष बढेर ३ अर्ब ६८ करोड ३ लाख रुपैयाँ पुगेको
छ।
कम्पनीमाथि रहेको मध्यम तथा दीर्घकालीन ऋण ९ अर्ब १७ करोड रुपैयाँबाट घटेर ८ अर्ब ८६ करोड रुपैयाँमा सीमित भएको छ। त्यस्तै, कम्पनीको कुल सम्पत्तिको आकार १८ अर्ब ४६ करोड १० लाख रुपैयाँ कायम भएको छ।
कम्पनीले आफ्नो सहायक कम्पनी टाइम्स एनर्जी प्राइभेट लिमिटेड मार्फत ३४१ मेगावाटको ‘बुढीगण्डकी ‘क’ जलविद्युत आयोजना’ अगाडि बढाएको छ। यसका लागि कम्पनीले हकप्रद जारी गर्ने प्रस्तावसहित आवश्यक कार्य अगाडि बढाएको छ।


Comment