महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित



काठमाडौं । ग्राहकलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्स, कोलकाता, भारतको प्रतिष्ठित अवार्डबाट सम्मानित भएको छ । बैंकले ‘राइजिङ स्टार ग्रोथ’अन्तर्गतको विधामा सम्मान पाएको हो ।

गत वर्ष बैंक ‘सम्पत्ति गुणस्तरुअन्तर्गतबाट समेत सम्मानित भएको थियो । जुलाई २४, २०२६ मा नयाँ दिल्लीमा आयोजित ”चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स’ कार्यक्रममा बैंकले उक्त सम्मान प्राप्त गरेको हो । बिमस्टेक क्षेत्रमा सबैभन्दा प्रतिष्ठित रहेको बैंकिङ कनक्लेभ तथा अवार्ड कार्यक्रममा भारत, श्रीलंका, नेपाल, म्यान्मार ताथ बंगलादेशका बैंकहरूको सहभागिता थियो ।

बैंकले डिजिटल बैकिङ सेवामा विस्तार, नवीन वित्तीय उत्पादनहरूको विकास, व्यवसाय विस्तार, वित्तीय पहुँचमा अभिवृद्धि तथा उत्तरदायी बैकिङमा उत्कृट कार्य गरेबापत उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । यस अवार्डको प्राप्तिसँगै अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको पहिचान स्थापित गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।

सबल बैंक, सफल सहकार्युको नारालाई आत्मसात गर्दै नेपाली जनताको घरदैलोमा अनवरत रूपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको यस बैंकले हालै मात्र काठमाडौं– ३०, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ ।

प्रकाशित : 27 July, 2026 12:45 pm