काठमाडाै । प्राइम कमर्सियल बैंक लिमिटेडले आजदेखि ३ अर्ब रुपैयाँ बराबरको ‘प्राइम बैंक डिबेञ्चर २०९३’ निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र जारी गरेको हो।
कुल ऋणपत्रमध्ये १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने १२ लाख कित्ता सर्वसाधारणका लागि सार्वजनिक निष्काशन गरिएको छ। सार्वजनिक निष्काशन अन्तर्गत ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ।
यो १० वर्ष अवधिको ऋणपत्रमा लगानीकर्ताले वार्षिक ६.२५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन्।
इच्छुक लगानीकर्ताले सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। निष्काशन छिटोमा असार १९ गते बैंकिङ समयपछि बन्द हुनेछ। पर्याप्त आवेदन नपरेमा भने असार ३० गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
बैंकका अनुसार लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन्। उक्त ऋणपत्रको निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले पाएको छ।






Comment