पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार असार २६ गतेदेखि सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार असार २६ गतेदेखि सुरु



काठमाडौ। पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया सम्पन्न भएसँगै दुवै संस्थाको एकीकृत कारोबार असार २६ गते शुक्रबारदेखि ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट सञ्चालन हुने भएको छ।

दुवै संस्थाले नेपाल राष्ट्र बैंक, कम्पनी रजिष्ट्रार कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट आवश्यक स्वीकृति प्राप्त गरिसकेको जनाएका छन्। मर्जरपछि समृद्धि फाइनान्स कम्पनी लिमिटेडका सम्पूर्ण सम्पत्ति, दायित्व, ऋण तथा अन्य वित्तीय जिम्मेवारी पोखरा फाइनान्स लिमिटेडले वहन गर्नेछ।

मर्जरपश्चात् संस्थाको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८, पुतलीसडकस्थित साविक समृद्धि फाइनान्सको कार्यालयबाट सञ्चालन हुनेछ।

एकीकृत कारोबार सञ्चालनका लागि आवश्यक प्रणाली ९सिस्टम० एकीकरण गर्न असार २५ गते एक दिन दुवै संस्थाका सम्पूर्ण बैंकिङ सेवा बन्द रहने जनाइएको छ। त्यसपछि असार २६ गतेदेखि सबै सेवा नयाँ एकीकृत प्रणालीमार्फत सञ्चालन गरिनेछ।

दुवै संस्थाले प्रणाली एकीकरणका क्रममा ग्राहक, सेयरधनी तथा अन्य सरोकारवालालाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना व्यक्त गर्दै असार २६ गतेदेखि सहज र प्रभावकारी सेवा उपलब्ध गराइने विश्वास दिलाएका छन्।

प्रकाशित : 26 June, 2026 11:45 am