काठमाडौं । किसानले लगाएको वाली भित्राउने वेला बाँदरले खाएर हैरानी पारे पछि खोटाङ जिल्लाको दिक्तेल रुपाकोट मझुवा गढी नगरपालिकाले बाँदर धपाउनका लागि बजेट छुटाइएको छ ।
१५ औँ नगर सभाबाट हरेक वडा तथा टोलमा बाली हेरालु राख्नको लागी बजेट विनियोजन गरेको जानकारी दिए । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा बाँदरलगायतका वन्यजन्तुबाट कृषि बालीमा हुने क्षति न्यूनीकरणका लागि ४५ लाख छुट्टाइएको छ ।
नगर उपप्रमुख राईले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३/८४ का लागि एक अर्ब एक करोड ५५ लाख ३१ हजार १०१ रुपैयाँ बजेट विनियोजन गरेको नगर उपप्रमुख बिसन राईले जानकारी गराए ।
किसानले लगाएको अन्न बाली सुरक्षित तरीकाले भित्राउन पाउन भन्ने उद्देश्यले यो प्रक्रिया थालेको उनले जानकारी दिए ।
उनले भने , किसानको मिहिनेत बाँदरले एकै चोटि सकाउन लागेपछि यो प्रक्रिया अपनाएको हो । अव कुनै पनि किसानलाई अफ्ठेरो नपरोस, आफूले पसिना बगाएको बाली सुरक्षित तरीकाले भित्राउन पाउन भन्ने उद्देश्यले नै बजेट विनियोजन गरेको हो ।
बाँदरको समस्यालाई निराकरण गर्नका लागि ‘बाली हेरालु’ राख्ने नीति तथा कार्यक्रम पारित गरिएका पनि राईले जानकारी दिए ।






Comment