लियोनेल मेस्सीले रचे नयाँ इतिहास « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
११ मंसिर २०८३, शुक्रबारFriday, November 27, 2026

Feature News

लियोनेल मेस्सीले रचे नयाँ इतिहास

लियोनेल मेस्सीले विश्वकप इतिहासमा सर्वाधिक गोल गर्ने जर्मनीका मिरोस्लाभ क्लोसको कीर्तिमान तोडेको खेलमा अर्जेन्टिनाले अस्ट्रियालाई २-० गोल अन्तरले पराजित गरेको छ। 

 अमेरिकाको डालास रंगशालामा सोमबार मध्यराति ७० हजारभन्दा बढी दर्शकमाझ भएको समूह ‘जे’ को रोमान्चक खेलमा मेस्सीले दुई गोल गर्दै नयाँ इतिहास रचेका हुन्।

खेलको ३८ औं मिनेटमा फकुन्डो मेडिनाको पासलाई सदुपयोग गर्दै मेस्सीले अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। यो गोलसँगै उनले विश्वकपमा आफ्नो १७ औं गोल पूरा गर्दै क्लोसको १६ गोलको कीर्तिमान उछिनेका थिए। 
पहिलो हाफमा १-० को अग्रता बनाएको अर्जेन्टिनाले दोस्रो हाफमा पनि खेल नियन्त्रणमा राखेको थियो।
खेलको अन्तिम समयमा अस्ट्रियाले बराबरी गर्ने केही प्रयास गरे पनि सफल हुन सकेन। ९० मिनेटपछिको थप गरिएको समयमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि दोस्रो गोल गर्दै जित सुनिश्चित गरे। जुलियन अल्भारेजको प्रहार विफल भएपछि प्राप्त अवसरलाई मेस्सीले गोलमा परिणत गर्दै विश्वकपमा आफ्नो कुल गोल संख्या १८ पुर्‍याएका छन्।

प्रकाशित : ९ असार २०८३, मंगलबार ०६:३० 23 June, 2026 6:30 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।