साधारण सभाबाट भुजुङ्ग हाईड्रोपावरको नयाँ नेतृत्व चयन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

साधारण सभाबाट भुजुङ्ग हाईड्रोपावरको नयाँ नेतृत्व चयन



काठमाडौँ । भुजुङ्ग हाईड्रोपावर लिमिटेडको चौथो वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा काठमाडौं महानगरपालिका–१०, बालुवाटारस्थित आम्रपाली ब्याङ्वेट क्याटरिङ एण्ड इभेन्टमा सम्पन्न भएको हो ।

उक्त साधारण सभाबाट संस्थापक शेयरधनीको तर्फबाट माधव राज आचार्य, डा। हिमाल भट्टराई, राजेश्वर दुवाल, टंक प्रसाद सुवेदी तथा सन्तोष श्रेष्ठ निर्वाचित भएका छन् । त्यसैगरी सर्वसाधारण शेयरधनीको तर्फबाट जेलिना श्रेष्ठ निर्वाचित भएका छन् भने साधारण सभाले स्वतन्त्र संचालकमा रीता गौतमलाई मनोनयन गरेको छ ।

साधारण सभामा कम्पनीको वार्षिक प्रतिवेदन, आर्थिक विवरण, भावी योजना तथा विभिन्न प्रस्तावहरूमाथि छलफल गरी पारित गरिएको थियो । कार्यक्रममा शेयरधनीहरुबीच कम्पनीको भावी रणनीति तथा विकासका विषयमा सकारात्मक अन्तरक्रिया समेत भएको थियो ।

प्रकाशित : 12 June, 2026 1:16 pm