महिला लघुवित्तको कामु सीईओमा दिवस राज ओली नियुक्त « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

महिला लघुवित्तको कामु सीईओमा दिवस राज ओली नियुक्त



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (कामु सीईओ) मा दिवस राज ओली नियुक्त भएका छन्। संस्थाको जेठ २८ गते बसेको सञ्चालक समितिको ११८औँ बैठकले ओलीलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो।

हाल नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) का रूपमा कार्यरत ओलीलाई असार १ गतेदेखि लागू हुने गरी अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी प्रदान गरिएको संस्थाले जनाएको छ।

संस्थाका अनुसार ओलीले तत्काल प्रभावकारी रूपमा कार्यभार सम्हाल्नेछन्। उनकाे नियुक्तिसँगै संस्थाको व्यवस्थापकीय नेतृत्वको जिम्मेवारी उनले वहन गर्नेछन्।

प्रकाशित : 12 June, 2026 11:30 am