आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकद्वारा सुझाव आह्वान « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

आगामी मौद्रिक नीतिका लागि राष्ट्र बैंकद्वारा सुझाव आह्वान



काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति तयारीका लागि सरोकारवालाबाट सुझाव आह्वान गरेको छ। केन्द्रीय बैंकको आर्थिक अनुसन्धान विभागले सूचना जारी गर्दै नयाँ मौद्रिक नीतिलाई थप प्रभावकारी र यथार्थपरक बनाउन सम्बन्धित पक्षहरूको राय तथा सुझाव मागेको हो।

नेपाल राष्ट्र बैंकले आफ्नो प्रचलित अभ्यासअनुसार मौद्रिक नीति सार्वजनिक गर्नुअघि विभिन्न क्षेत्रका सरोकारवालासँग परामर्श गर्ने प्रक्रिया अघि बढाएको जनाएको छ। बैंकका अनुसार व्यक्ति, उद्योगी–व्यवसायी, बैंक तथा वित्तीय संस्था, पेशागत तथा व्यावसायिक संघ–संस्था लगायत सबै इच्छुक पक्षले २०८३ असार ५ गतेभित्र आफ्ना सुझाव पेश गर्न सक्नेछन्।

प्राप्त सुझावहरूलाई मौद्रिक नीति निर्माण प्रक्रियामा आवश्यकतानुसार समेटिने जनाइएको छ। सुझावहरू बालुवाटारस्थित आर्थिक अनुसन्धान विभागमा प्रत्यक्ष बुझाउन वा इमेलमार्फत [email protected] मा पठाउन सकिने विभागले जनाएको छ।

प्रकाशित : 5 June, 2026 2:51 pm