सरकारको २१ खर्ब २४ अर्ब बजेट सार्वजनिक, उत्पादन र डिजिटल रूपान्तरणमा जोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सरकारको २१ खर्ब २४ अर्ब बजेट सार्वजनिक, उत्पादन र डिजिटल रूपान्तरणमा जोड



काठमाडौं । नेपाल सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको विशाल बजेट सार्वजनिक गरेको छ। संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेट चालु आर्थिक वर्षको संशोधित अनुमानको तुलनामा २५ प्रतिशतले बढी रहेको छ।

सरकारले बजेटमार्फत उत्पादन वृद्धि, डिजिटल रूपान्तरण र संघीयताको प्रभावकारी कार्यान्वयनलाई प्रमुख प्राथमिकतामा राखेको छ।

कुल बजेटमध्ये १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ चालु खर्चतर्फ विनियोजन गरिएको छ । जुन कुल बजेटको ५९.८ प्रतिशत हो। यस्तै, पुँजीगत खर्चतर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ (२०.३ प्रतिशत) छुट्याइएको छ। वित्तीय व्यवस्थापनका लागि ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ (१९.९ प्रतिशत) विनियोजन गरिएको छ।

पुँजीगत खर्च र वित्तीय व्यवस्थापन लगभग बराबरी देखिनुले सरकारमाथि ऋणको साँवा–ब्याज भुक्तानीको दबाब बढ्दै गएको संकेत गरेको छ।

सरकारले यो बजेटमार्फत पूर्वाधार विस्तार, उत्पादन वृद्धि र डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउने लक्ष्य लिएको छ।

प्रकाशित : 29 May, 2026 6:05 pm