सलिकोको व्यवसाय विस्तार जारी, बीमाशुल्क संकलनमा सुधार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सलिकोको व्यवसाय विस्तार जारी, बीमाशुल्क संकलनमा सुधार



काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनीले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म १३ करोड ३२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २५ करोड १९ लाख रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा कम्पनीको नाफा ४७ प्रतिशतले घटेको देखिएको छ।

कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउनदेखि चैतसम्म कम्पनीले २ अर्ब ९७ करोड ५० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ०.९९ प्रतिशतले बढी हो। गत आर्थिक वर्षको यही अवधिमा कम्पनीले २ अर्ब ९४ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क भने १४.०९ प्रतिशतले बढेको छ। कम्पनीले तेस्रो त्रैमाससम्म १ अर्ब ४७ करोड ४६ लाख रुपैयाँ खुद बीमाशुल्क संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो शुल्क १ अर्ब २९ करोड २४ लाख रुपैयाँ रहेको थियो।

चैत मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा २ अर्ब ५५ करोड रुपैयाँ रहेको छ, जुन अघिल्लो वर्षको सोही अवधिसँग बराबर हो। यस्तै, महाविपत्ति कोषमा २२ करोड ६७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १८ करोड ८१ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ५३ करोड ९४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा महाविपत्ति कोषमा २१ करोड ३४ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ४६ करोड ३२ लाख रुपैयाँ तथा अन्य इक्विटीमा ५२ करोड १८ लाख रुपैयाँ रहेको थियो।

२ अर्ब ६२ करोड २६ लाख रुपैयाँ चुक्तापुँजी रहेको कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७७ पैसा र प्रतिसेयर नेटवर्थ २३३ रुपैयाँ ६४ पैसा रहेको छ।

प्रकाशित : 10 May, 2026 1:35 pm