आइएमई लाईफको नाफा ३६ करोड ७९ लाख, बीमाशुल्क आम्दानीमा ३९ प्रतिशत वृद्धि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

आइएमई लाईफको नाफा ३६ करोड ७९ लाख, बीमाशुल्क आम्दानीमा ३९ प्रतिशत वृद्धि



काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म ३६ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको छ । कम्पनीले गत आवको सोही अवधिमा भने ३६ करोड ६३ लाख नाफा कमाएको थियो । यस्तै, कम्पनीको कुल आम्दानी चार अर्ब ८२ करोड ९४ लाखबाट बढेर ६ अर्ब १७ करोड ८५ लाख कायम भएको छ । 

यस अवधिमा कम्पनीको बिमाशुल्क ३९.१८ प्रतिशतले बढेको छ । गत आवको चैत मसान्तसम्म तीन अर्ब ६० करोड ३५ लाख खुद बिमाशुल्क आर्जन गरेको कम्पनीले यस अवधिमा पाँच अर्ब एक करोड ५१ लाख आर्जन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

कुल खर्च भने चार अर्ब ४६ करोड ३१ लाखबाट ३० प्रतिशतले बढेर पाँच अर्ब ८१ करोड पुगेको कम्पनीले जनाएको छ । कम्पनीको चुक्ता पुँजी पाँच अर्ब छ । समीक्षा अवधिमा प्रतिसेयर आम्दानी ९.८१ र प्रतिसेयर नेटवर्थ १३१.४९ रुपैयाँ छ । 

प्रकाशित : 7 May, 2026 12:01 pm