लगातार दोस्रो दिन नेप्सेमा गिरावट, २५.८१ अंकले घट्दै २७४४ विन्दुमा , कारोबारमा पनि संकुचन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लगातार दोस्रो दिन नेप्सेमा गिरावट, २५.८१ अंकले घट्दै २७४४ विन्दुमा , कारोबारमा पनि संकुचन



काठमाडौँ। लगातार दोस्रो दिन पनि सेयर बजारमा दबाब देखिएको छ। नेप्से परिसूचक आज २५.८१ अंकले घट्दै २७४४.४५ विन्दुमा झरेको छ। अघिल्लो दिन २६.१६ अंकले घटेको बजारमा आज पनि गिरावट जारी रहँदा लगानीकर्ताको मनोबल कमजोर देखिएको छ।

आज नेप्से ०.९३ प्रतिशतले घटेको हो। कुल १३ उपसमूहमध्ये ३ उपसमूह मात्र हरियो देखिएका छन्। व्यापार समूह १.०९ प्रतिशतले बढ्दै शीर्षमा रहँदा अन्य सबै उपसमूह ओरालो लागेका छन्।

सबैभन्दा बढी दबाब उत्पादन तथा प्रशोधन समूहमा देखिएको छ, जुन २.२४ प्रतिशतले घटेको छ। त्यसपछि होटल तथा पर्यटन १.६४ प्रतिशत, हाइड्रोपावर १.४५ प्रतिशत र निर्जीवन बीमा १.११ प्रतिशतले घटेका छन्।

कारोबार रकममा पनि गिरावट आएको छ, जसले बजारमा सुस्तता संकेत गरेको छ। आज ३५१ कम्पनीका १ करोड २१ लाख ३४ हजार ३६० कित्ता सेयर ४ अर्ब ९८ करोड ६२ लाख ९४ हजार रुपैयाँमा खरिदबिक्री भएको छ।

अघिल्लो दिन भने ३४९ कम्पनीका १ करोड ४० लाख १८ हजार ९२० कित्ता सेयर ६ अर्ब ५३ करोड १७ लाख २३ हजार रुपैयाँमा कारोबार भएको थियो।

आज बजारमा व्यापक गिरावट देखिँदा २३५ कम्पनीका सेयर मूल्य घटेका छन्। ३० कम्पनीको मूल्य बढ्दा ४ कम्पनीको मूल्य स्थिर रहेको छ। यस दिन कर्पोरेट डेभलपमेन्ट कम्पनीको सेयर मूल्य सर्वाधिक १३.८१ प्रतिशतले वृद्धि भएको छ।

प्रकाशित : 29 April, 2026 3:46 pm