काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य वृद्धि भएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ७ सय रुपैयाँले बढेको हो।
यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार २ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार भने सुन प्रतितोला २ लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा ५० रुपैयाँले वृद्धि भई प्रतितोला ४ हजार ९९५ रुपैयाँ पुगेको छ। गत शुक्रबार चाँदी प्रतितोला ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।






Comment