पाल्पा सिमेन्टको आईपीओ नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

पाल्पा सिमेन्टको आईपीओ नेप्सेमा सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडको आईपीओ सूचीकृत भएको छ। कम्पनीले सर्वसाधारण सेयरधनीहरुलाई जारी गरेको ७५ लाख कित्ता सेयर र कम्पनीको संस्थापक सेयरधनीहरुले लगानी गरेको तीन करोड कित्ता सेयर गरी कुल तीन करोड ७५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो।

नेप्सेले कम्पनीलाई १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको ओपनिङ रेञ्ज प्रदान गरेको छ। सोही रेञ्जका आधारमा भोलि शुक्रबार (चैत २७ गते) स्पेशल प्रिओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार गर्न सकिनेछ।

प्रकाशित : 9 April, 2026 5:05 pm