हिमालयन लाइफद्वारा ‘हिमालयन जीवन उपहार योजना’ सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

हिमालयन लाइफद्वारा ‘हिमालयन जीवन उपहार योजना’ सार्वजनिक



काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड ले ‘हिमालयन जीवन उपहार योजना’ सार्वजनिक गरेको छ। सीमित अवधिका लागि ल्याइएको यस जीवन बीमा योजनाले बीमितलाई दोहोरो लाभ दिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार योजनाअन्तर्गत न्यूनतम बीमाङ्क रकम रु. ५ लाख तोकिएको छ भने अधिकतम सीमा असीमित रहनेछ। १६ वर्षदेखि ५४ वर्ष उमेर समूहका व्यक्तिले यस योजनामा प्रवेश गर्न सक्नेछन्। बीमाको अवधि १६ वर्षको फिक्स टर्म रहने व्यवस्था गरिएको छ।

योजनाको विशेषताअनुसार मूल बीमालेखको पहिलो वार्षिकोत्सवमा मूल बीमाङ्क रकम बराबरको सहायक बीमालेख निःशुल्क प्रदान गरिनेछ। साथै, ऐच्छिक सुविधाअन्तर्गत १ करोड रुपैयाँसम्मको दुर्घटना मृत्यु लाभ तथा अपाङ्ग अशक्त सुविधा समेत प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ।

कम्पनीले यो योजना मार्फत बीमितलाई दीर्घकालीन आर्थिक सुरक्षा र दोहोरो लाभ प्रदान गर्ने लक्ष्य राखेको जनाएको छ।

प्रकाशित : 22 February, 2026 3:10 pm