काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७५३ वटै स्थानीय तह तथा ७७ वटै जिल्ला समन्वय समितिलाई निर्वाचन आचारसंहिता, २०८२ कार्यान्वयन गर्न तथा गराउन परिपत्र गरेको छ।
निर्वाचन आयोगले २०८२ साल माघ ४ गते राति १२ बजेदेखि लागू गरेको निर्वाचन आचारसंहिता सम्बन्धित स्थानीय तह र जिल्ला समन्वय समितिले आ–आफ्नो क्षेत्रभित्र प्रभावकारी रूपमा लागू गराउन पत्राचार गरिएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका शाखा अधिकृत दीपेश कट्टेलद्वारा जारी पत्रमा सबै स्थानीय तह र जिल्ला समन्वय समितिलाई आचारसंहिता पालना गराउन निर्देशन दिइएको उल्लेख छ।
सरकारले २०८२ साल पुस १२ गते नेपाल राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचन आचारसंहिता सार्वजनिक गरेको थियो। निर्वाचन आयोगले अर्को सूचना जारी नगरेसम्मका लागि उक्त आचारसंहिता लागू रहने जनाएको छ।
माघ ११ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन तथा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आचारसंहिता लागू गरिएको हो।




Comment