नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर बिक्रीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१० मंसिर २०८३, बिहिबारThursday, November 26, 2026

अर्थतन्त्र

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको सेयर बिक्रीमा

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

बैंकले बिक्री गर्ने सेयरको कित्ता भने खुलाएको छेन । यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले आवेदन दिन सक्नेछन् । बैंकले यसअघि पुस १ गते ३५ दिने सार्वजनिक सूचना प्रकाशित गरी विद्यमान संस्थापकका लागि सो सेयर बिक्रीमा राखेको थियो । तर सो समयमा विद्यमान संस्थापक सेयरधनीहरुबाट कुनै लिखित जानकारी पेश हुन नआएकाले सर्वसाधारणलाई सेयर बिक्री गर्न लागिएको बैंकले जनाएको छ ।

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले लाजिम्पाटमा रहेको बैंकको सेयर शाखामा सूचना प्रकाशित भएको मितिले ७ दिन भित्र आवेदन दिनु पर्नेछ ।

प्रकाशित : ८ माघ २०८२, बिहिबार ११:२४ 22 January, 2026 11:24 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।