काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले निष्कासन गरेको थप सार्वजनिक निष्कासन (एफपीओ) को बाँडफाँट अर्को साता हुने भएको छ।
बिक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडकी प्रवक्ता स्मृति महर्जनका अनुसार बाँडफाँटको ठोस मिति भने हालसम्म तय भइसकेको छैन तर प्रक्रिया अन्तिम चरणमा पुगेकाले आगामी साता नै एफपीओ बाँडफाँट गरिने तयारी रहेको छ।
लघुवित्तले संस्थापक र सर्वसाधारण शेयरधनीबीचको शेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ निष्कासन गरेको हो। साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्पन्न भएपछि कम्पनीको चुक्ता पूँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको थियो। मर्जरपश्चात संस्थापक समूहको शेयर स्वामित्व ७४.३९ प्रतिशत र सर्वसाधारणको २५.६१ प्रतिशत कायम भएको थियो।
एफपीओ अन्तर्गत लघुवित्तले ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर सार्वजनिक निष्कासन गरेको थियो। यसमा प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य कायम गरिएको थियो। एफपीओमा लगानीकर्ताको आकर्षण देखिएको थियो।






Comment