काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत काठमाडौंको नक्सालस्थित नेपाल बाल संगठन, बाल मन्दिरमा आश्रित १०७ जना बालबालिकालाई न्यानो कपडा, चप्पल, ब्ल्याङ्केट, म्याट्रेस, वाटर प्यूरिफायरलगायत अत्यावश्यक सामग्री सहयोग प्रदान गरेको छ।
बैंकले यस सहयोगमार्फत बालबालिकाहरूको तत्काल आवश्यकताहरू पूरा गर्नुका साथै उनीहरूको समग्र विकासमा सहयोग पुर्याउने लक्ष्य लिएको जनाएको छ। सहयोग सामग्री हस्तान्तरण कार्यक्रम बैंकका अध्यक्ष वेंकट बंसीधर कुंचाले नेपाल बाल संगठनका अध्यक्ष विद्या उपाध्याय न्यौंपानेलाई औपचारिक रूपमा हस्तान्तरण गरे।
उक्त कार्यक्रममा नेपाल एसबिआई बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत राम कुमार तिवारी, संचालक रितेश सिन्हा, नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत विकास आनन्द, प्रमुख वित्तीय अधिकृत राजेश कुमार पंडा, प्रमुख व्यवसाय प्रवर्द्धन अधिकृत प्रबिण मुनि बज्राचार्य लगायत बैंक तथा संस्थाका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
बैंकले समुदायस्तरमा यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू समय–समयमा गर्दै आइरहेको जनाएको छ।
नेपाल एसबिआई बैंक लिमिटेडले विगत ३२ वर्षदेखि नेपालमा बैंकिङ सेवा प्रदान गर्दै आएको छ। हाल बैंकका देशभर १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखारहित बैंकिङ सेवा, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम तथा १ कर्पोरेट कार्यालय सञ्चालनमा रहेका छन्।






Comment