केपी शर्मा ओली माथि लगाइएको स्थान हद फुकुवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
३ मंसिर २०८३, बिहिबारThursday, November 19, 2026

अर्थ राजनीति

केपी शर्मा ओली माथि लगाइएको स्थान हद फुकुवा

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद फुकुवा गरिएको छ। जेनजी आन्दोलनसम्बन्धी घटनाको छानबिन गरिरहेको उच्चस्तरीय जाँचबुझ आयोगको सोमबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला प्रधानमन्त्री रहेका ओलीमाथि आयोगले छानबिनका लागि असोज १२ गते स्थान हद तोकेको थियो। सो निर्णयअनुसार उनलाई विदेश भ्रमणमा रोक लगाइएको थियो भने काठमाडौँ उपत्यका बाहिर जान नपाउने व्यवस्था गरिएको थियो।

आयोगका अनुसार जेनजी आन्दोलनको सन्दर्भमा तत्कालीन प्रधानमन्त्रीको हैसियतमा भएका कामकारबाहीबारे आवश्यक सोधपुछ सम्पन्न भइसकेकाले स्थान हद कायम राख्नु पर्ने औचित्य समाप्त भएको ठहर गरिएको हो। त्यसैका आधारमा ओलीमाथिको प्रतिबन्ध हटाउने निर्णय गरिएको आयोगले जनाएको छ।

यसअघि आइतबार ओलीले राष्ट्रिय मानव अधिकार आयोगमा करिब साढे दुई घण्टा बयान दिएका थिए।

प्रकाशित : २१ पुस २०८२, सोमबार १५:१३ 5 January, 2026 3:13 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।