सिटिजन लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारणसभा शुक्रबार, २० प्रतिशत नगद लाभांश पारित हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८२ पुस

Feature News

सिटिजन लाइफ इन्स्योरेन्सको नवौं वार्षिक साधारणसभा शुक्रबार, २० प्रतिशत नगद लाभांश पारित हुने



काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नवौं वार्षिक साधारणसभा भोलि अर्थात् पुस १८ गते बस्दैछ। सभा काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९:३० बजेदेखि सुरु हुनेछ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेअनुसार हाल कायम चुक्ता पुँजीको २० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी अनुमोदन गरिनेछ।

त्यसैगरी चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण, सञ्चालक समितिका सदस्यहरूको सेवा–सुविधा सम्बन्धी प्रस्ताव, कम्पनीबाट गरिएको चन्दा तथा संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भएका खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेको छ।

साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ८ गते एक दिन बुक क्लोज गरेको थियो। त्यसअनुसार पुस ७ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले मात्र सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रकाशित : 1 January, 2026 2:30 pm