नेपाल बैंकले यस वर्ष पनि लाभांश नदिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल बैंकले यस वर्ष पनि लाभांश नदिने



काठमाडौं । नेपाल बैंक लिमिटेडका सेयरधनीहरुले यसवर्ष पनि लाभांश नपाउने भएका छन्। बैंकले गत आवका लागि लाभांश नदिने निर्णय गरेसँगै बैंकका सेयरधनीहरुको हात खाली हुने भएको हो ।

पुस ३ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको थियो ।

बैठकले आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारण सभामा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने साथै लाभांश वितरणको प्रस्ताव नगर्ने निर्णय गरेको बैंकद्वारा जारी सूचनामा उल्लेख छ ।

बैंकले आव २०८०/८१ का लागि पनि लाभांश दिएको थिएन ।

प्रकाशित : 19 December, 2025 10:58 am