सिटिजन बैंकको साधारण सभाले पारित गर्यो ५ प्रतिशत बोनस « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

अर्थबजार स्टोरी

सिटिजन बैंकको साधारण सभाले पारित गर्यो ५ प्रतिशत बोनस

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । सिटिजन बैंक इन्टरनेसनल लिमिटेडको १९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष प्रबल जंग पाण्डको अध्यक्षमा मंसिर १२ गते काठमाडौंको बत्तिसपुतलीमा सभा सम्पन्न भएको हो ।

कम्पनीको सभाले चुक्ता पुँजीको ५ प्रतिशत अर्थात् ७३ करोड ८४ लाख ५० हजार रुपैयाँ लाभांश स्वीकृत गरेको छ ।

सभाले सो शेयरमा लाग्ने कर प्रयोजनका लागि चुक्ता पुँजीको ०.२६३ प्रतिशत अर्थात् ३ करोड ८८ लाख ६५ हजार रुपैयाँ नगद लाभांश समेत पारित गरेको छ ।

साथै सभाले बैंकको प्रबन्ध पत्रमा संशोधन गरेर पुँजी वृद्धि, सञ्चालक समितिलाई अख्तियार दिने एजेन्डा समेत पारित गरेको छ ।

प्रकाशित : २ पुस २०८२, बुधबार १५:३१ 17 December, 2025 3:31 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।