काठमाडौं – नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्र राज पाण्डेले लगानीकर्ताको खस्किएको मनोबल उठाउन राज्यले तत्काल कदम चाल्नुपर्ने बताएका छन्।
पर्याप्त तरलता, ब्याजदरको सुधार र अनुकूल बाह्य वातावरण हुँदाहुँदै पनि लगानी बढ्न नसक्नु चिन्ताको विषय भएको उनले बताए।
पाण्डेले आर्थिक समृद्धिका लागि सुशासन, भ्रष्टाचार नियन्त्रण र लगानीमैत्री वातावरण अपरिहार्य रहेको उल्लेख गर्दै आर्थिक क्षेत्रका समस्याहरू समाधान गर्न सरकारलाई आग्रह गरे।





Comment