अब लगानी नबढे अर्थतन्त्र झन् जाम हुन्छ– बैंकहरूले जाग्नुपर्छ” – गभर्नर पौडेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अब लगानी नबढे अर्थतन्त्र झन् जाम हुन्छ– बैंकहरूले जाग्नुपर्छ” – गभर्नर पौडेल



काठमाडौं – नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले मुलुकको अर्थतन्त्रले अहिले सर्वाधिक सामना गरिरहेको चुनौती ‘तरलता व्यवस्थापन’ रहेको बताएका छन्। बैंक तथा वित्तीय क्षेत्रमा पर्याप्त तरलता र न्यून ब्याजदर हुँदाहुँदै पनि ठूला पूर्वाधारमा लगानी विस्तार हुन नसक्नु चिन्ताको विषय भएको उनले बताए।

मौद्रिक नीतिमा राखिएका प्रावधानहरूको प्रभावकारी कार्यान्वयन नहुँदा अपेक्षित परिणाम आउन नसकेको उल्लेख गर्दै गभर्नर पौडेलले कर्जा प्रवाह कृषि, पर्यटन, ऊर्जा तथा उत्पादनमुखी क्षेत्रमा केन्द्रित गर्नुपर्नेमा जोड दिए।

उनका अनुसार कर्जा विस्तारका क्रममा जोखिम व्यवस्थापन र स्थानीय प्राथमिकता बुझिनु आवश्यक छ। बैंक तथा वित्तीय संस्थाले नाफा वृद्धि केवल कर्जामा निर्भर नगराई सेवा सुधार र प्रविधिको उपयोग विस्तारमा ध्यान दिनुपर्ने उनले सुझाव दिए।

प्रकाशित : 1 December, 2025 4:50 pm