काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि लाभांशको प्रस्ताव गरेको हो ।
बैठकले गत आवको वितरणयोग्य रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजीको कुल ९ प्रतिशत लाभांश घोषणा गरेको छ । कुल लाभांशमा ५ प्रतिशत नगद (कर प्रयोजनका लागि समेत) र ४ प्रतिशत बोनस सेयर रहेको छ ।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।





Comment