नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, विश्वास कायम राख्ने प्रतिवद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
१३ मंसिर २०८३, आइतबारSunday, November 29, 2026

बैंक / वित्त

नेपाल बैंक लिमिटेडले ८९औं वार्षिकोत्सव मनायो, विश्वास कायम राख्ने प्रतिवद्धता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले आफ्नो ८९ औं वार्षिकोत्सव मनाएको छ । आइतबार नेपाल बैंक लिमिटेडको ८९ औं वार्षिकोत्सवको मनाएको हो ।

यसै अवसरमा सञ्चालक समितिका अध्यक्ष प्राडा डिल्लीराज शर्माले लामो इतिहास बोकेको नेपाल बैंकको प्रगतिको लागि सबैलाई धन्यवाद दिए ।

उनले भने, ‘लामो इतिहास हामीले बोकेछौ । बैंकको अहिलेसम्मको आरोह अवरोह उतारचढावका बीच पनि बैंकलाई प्रतिष्ठित बैंकका रुपमा नेपालीहरुको आफ्नो बैंकको रुपमा सबैले विश्वास गरेको बैंकको रुपमा यो अवस्थासम्म ल्याइपुर्याउन सम्पूर्ण निकायलाई हार्दिक धन्यवाद व्यक्त गर्छु ।’

साथै उनले सबैतिर निराशा पैदा हुँदा बैंकिङ क्षेत्र समेत प्रभावित बनेको भन्दैै बचत बृद्धि र लगानीमा समेत निराशा बढेको बताए । ‘आज हामीमाझ धेरै चुनौतिहरु सिर्जना भएका छन् । बैंकका तरलता बढ्दै गएको छ । बचत बृद्धि भएको छ । आज लगानीमा निराशा छ । व्यवसायीक क्षेत्रहरु असाध्यै निराशाजनक अवस्थामा छ । हामीले कुरा गर्दा नि चिन्ता लाग्न थालेको छ,’ उनले भने ।

सन १९९४ साल कात्तिक ३० गते सार्वजनिक निजी साझेदारीमा स्थापना भएको नेपाल बैंक दुई सयभन्दा बढी शाखा, ६० एक्स्टेन्सन काउन्टरसहित २५ लाखभन्दा धेरै ग्राहकलाई सेवा दिइरहेकोे उनले बताए ।

प्रकाशित : १ मंसिर २०८२, सोमबार १२:२४ 17 November, 2025 12:24 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।