काठमाडौं । चालु आवको पहिलाे तीन महिनामा चालु खाता रु. २३७ अर्ब ५९ करोडले बचतमा रहेको छ । जुन अघिल्लो वर्षको रु. ११५ अर्ब ३६ करोड भन्दा उल्लेखनीय वृद्धि हो। नेपाल राष्ट्र बैंकको तीन महिनाको तथ्यांक अनुसार यस अवधिमा अमेरिकी डलरमा पनि बचतमा वृद्धि देखिएको छ। अघिल्लो वर्षको ८६ करोड अमेरिकी डलरबाट हाल १ अर्ब ६९ करोड अमेरिकी डलरमा पुगेको छ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर रु. ५ अर्ब ५५ करोड पुगेको छ, अघिल्लो वर्षको २ अर्ब थियो। प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) रु. १ अर्ब ७४ करोड भित्रिएको छ। जुन अघिल्लो वर्षको रु. ४ अर्ब ८१ करोड भन्दा कम हो।
शोधनान्तर स्थिति पनि सुधारिएको देखिएको छ। समीक्षा अवधिमा शोधनान्तर रु. २६४ अर्ब ३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको रु. १८४ अर्ब ९९ करोड थियो। अमेरिकी डलरमा शोधनान्तर बचत १ अर्ब ८८ करोड पुगेको छ। जुन अघिल्लो वर्षको १ अर्ब ३८ करोड भन्दा बढेको हो।





Comment