सर्वोत्तम सिमेन्टले २० प्रतिशत लाभांश दिने, बोनस र नगद दुवै समावेश « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सर्वोत्तम सिमेन्टले २० प्रतिशत लाभांश दिने, बोनस र नगद दुवै समावेश



काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीहरूलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कम्पनीले प्रस्ताव गरेको लाभांशमा ५ प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद लाभांश (करसहित) समावेश छ।

कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सो लाभांश संरचना पारित गरेको हो। अब वार्षिक साधारण सभाबाट स्वीकृति मिलेपछि शेयरधनीहरूले बोनस शेयर र नगद दुवै प्रकारका लाभांश प्राप्त गर्नेछन्।

प्रकाशित : 16 November, 2025 11:36 am