एनपीएलको दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा, खेल मंसिर १ गतेदेखि सुरु हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

एनपीएलको दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा, खेल मंसिर १ गतेदेखि सुरु हुने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको सम्पूर्ण तयारी पूरा भएको छ ।नेपाली क्रिकेट संघ (क्यान)ले शनिबार पत्रकार सम्मेलनमार्फत मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको तयारी पूरा भएको जानकारी दिएको हो । एनपीएल पहिलो पटक फ्लडलाइटमुनि हुनेछ।

पहिलो संस्करण भव्य भएको र दोस्रो संस्करणलाई अझै भव्य बनाउने योजना अनुसार डे–नाइट म्याच गराइएको क्यानका सचिव पारस खड्काले बताए । एनपीएल दोस्रो संस्करणको पुरस्कार राशि पहिलो संस्करणकै (१ करोड १० लाख ) कायम राखिएको छ । पहिलो संस्करणको उपाधि जनकपुर बोल्ट्सले जितेको थियो ।

उपविजेता सुदूरपश्चिम रोयल्सले ५१ लाख, तेस्रो भएको कर्णाली याक्सले २५ लाख र चौथो भएको चितवन राइनोजले १५ लाख पाएको थियो। यस सिजन पनि यी स्थानमा रहनेले यही अनुपातमा पुरस्कार पाउनेछन् ।

एनपीएलमा ८ फ्रेन्चाइज टोली सहभागी छन्। एनपीएलको उद्घाटन खेलमा मंसिर १ गते जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाज भिड्दैछन । खेल अपराह्न ४ बजेदेखि सरु हुनेछ ।

प्रकाशित : 15 November, 2025 2:51 pm