कुमारी बैंकले गत आवका लागि लाभांश वितरण नगर्ने निर्णय « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

कुमारी बैंकले गत आवका लागि लाभांश वितरण नगर्ने निर्णय



काठमाडौं। कुमारी बैंक लिमिटेडले गत आवका लागि सेयरधनीहरुलाई कुनैपनि प्रकारको लाभांश नदिने भएको छ । कात्तिक २६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि कुनैपनि लाभांश प्रदान नगर्ने निर्णय गर्दै उक्त आवको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय समेत गरेको छ ।

बैंकको हालको चुक्तापूँजी २६ अर्ब २२ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित : 13 November, 2025 1:24 pm