सेवाको तीन दशक: भक्तपुर क्यान्सर अस्पतालमा नयाँ अध्याय सुरु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
६ मंसिर २०८३, आइतबारSunday, November 22, 2026

अर्थतन्त्र

सेवाको तीन दशक: भक्तपुर क्यान्सर अस्पतालमा नयाँ अध्याय सुरु

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालको ३१ औं बार्षिकोत्सवको अवसरमा सोमबार भक्तपुरमा नवनिर्मित प्रयोगशाला भबनको उदघाटन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा सुधा गौतम शर्माले नवनिर्मित भबनको उदघाटन गरेकी हुन् । सो अवसरमा मन्त्री शर्मा अस्पतालमा कार्यरत २५ वर्ष सेवा गरेका कर्मचारीहरुलाई दीर्घ सेवा पत्रका साथै वेष्ट डिसिप्लेनरी अवार्ड वितरण गरिन् । साथै वार्षिकोत्सवको अवसरमा भएको फुटसल प्रतियोगिताका विजयी खेलाडीहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरियो ।

वार्षिकोत्सव कार्यक्रममा बागमती प्रदेशका स्वास्थ मन्त्री किरण थापा, बागमती प्रदेशकै अर्का संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठ, भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकाल, अस्पताल विकास समितिका अध्यक्ष एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव प्राडा श्रीकृष्ण श्रेष्ठ, अस्पतालका कार्यकारी निर्देशक डा उज्जवल चालिसेलगायतका अस्पतालका विविध विषयमा चर्चा गरेका थिए । कार्यक्रममा वार्षिकोत्सवको स्मारिका पनि विमोचन गरिएको थियो ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भक्तपुर नगरपालिका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोटरी क्लव, नेपाल अर्बुद रोग निवारण संस्था तथा विभिन्न सामाजिक संघ संस्थाहरुको सहकार्यमा वि.स.२०५१ सालमा यस सामुदायिक अस्पतालको रुपमा स्थापना भई नेपालभरिका क्यान्सर बिरामीहरुलाई स्तरीय उपचार प्रदान गर्दै आइरहेको छ । यस सन्दर्भमा विषम परिस्थिति सृजना भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा २०७७ कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत्त १२३ बेडबाट सेवा संचालन भइरहेको छ ।

हाल यस अस्पतालमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट मेडिकल अन्कोलोजीमा पुर्णकालीन एमडीको अध्ययन भइरहेको छ । साथै रेडियसन अन्कोलोजीमा र गाइने अन्कोलोजीमा एमडीका रेजिडेण्ट चिकित्सकहरु क्यान्सर सम्बन्धि बिशेषज्ञ तालिम तथा अध्ययनको लागि पोष्टिंग हुने गर्दछ । त्यस्तै गरेर काठमाण्डौ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल शैक्षिक संस्थाबाट एमडीका रेजिडेण्ट चिकित्सक र स्नातक तथा स्नात्तकोत्तरका नर्सिङ विद्यार्थीहरु प्रयोगात्मक अभ्यासको लागि आउने गर्दछन् ।

प्रकाशित : २५ कार्तिक २०८२, मंगलबार १३:५५ 11 November, 2025 1:55 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।