पहिलो त्रैमासमा महुली लघुवित्तको नाफा ३ करोड ४४ लाख पुग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

पहिलो त्रैमासमा महुली लघुवित्तको नाफा ३ करोड ४४ लाख पुग्यो



काठमाडौं। महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म उल्लेखनीय नाफा कमाएको छ। संस्थाले सो अवधिसम्म ३ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७५६३‍‍.६२ प्रतिशतले बढी हो।

अघिल्लो आवको पहिलो त्रैमासमा संस्थाको नाफा ४ लाख ४९ हजार रुपैयाँमा सीमित थियो। लघुवित्तको खुद ब्याज आम्दानी पनि ३१.९० प्रतिशतले बढेर ११ करोड १३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा ७८ लाख १६ हजार रहेको खुद शुल्क तथा कमिशन आम्दानी बढ्दै १ करोड ५३ लाख रुपैयाँ पुगेको छ।

यस अवधिमा संस्थाको कुल सञ्चालन आम्दानी ११ करोड ९२ लाख र सञ्चालन मुनाफा ४ करोड ९२ लाख रुपैयाँ पुगेको छ। संस्थाको वितरणयोग्य मुनाफा पनि १४८.७९ प्रतिशतले बढ्दै १३ करोड ८३ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवमा १७.२५ प्रतिशत रहेको लाभांश क्षमता बढेर ३७.४१ प्रतिशत पुगेको छ।

चुक्ता पूँजी ३६ करोड ९९ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भ २९ करोड ८९ लाखबाट बढेर ३१ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ पनि १२ करोड ४१ लाखबाट बढ्दै १३ करोड ८३ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिसम्म संस्थाले १ अर्ब ८७ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने ५ अर्ब ५६ करोड रुपैयाँ बराबरको कर्जा प्रवाह गरेको छ।

तर, संस्थाको खराब कर्जा अनुपात ४.८३ प्रतिशतबाट बढेर ५.९५ प्रतिशत पुगेको छ। समीक्षा अवधिमा इम्पेयरमेन्ट चार्ज ७४ लाख ८६ हजार रुपैयाँ रहेको छ। जुन अघिल्लो आवमा २ करोड ९९ लाख रुपैयाँ थियो।

संस्थाको हालको प्रतिसेयर आम्दानी ३७.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२६.६० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६२४.२४ रुपैयाँ, मूल्य–आम्दानी अनुपात ३४.१७ गुणा र तरलता अनुपात १३.३३ प्रतिशत रहेको छ।

प्रकाशित : 10 November, 2025 1:22 pm