आइसिएफसि फाइनान्सले घोषणा गर्यो लाभांश, कति दिने भयो ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आइसिएफसि फाइनान्सले घोषणा गर्यो लाभांश, कति दिने भयो ?



काठमाडौं । आइसिएफसि फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। फाइनान्सले हाल कायम चुक्ता पूँजीको १५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक २३ गते बसेको फाइनान्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।

प्रकाशित : 9 November, 2025 12:55 pm