काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको छ। कम्पनीको सञ्चालक समितिको कात्तिक १९ गते बसेको बैठकले निरञ्जन फुयाँललाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो।
फुयाँलको नियुक्ति आजदेखि लागू हुनेछ र उनको कार्यकाल चार वर्षको रहनेछ। फुयाँल यसअघि नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का कामु उप–प्रमुख कार्यकारी अधिकृतका रूपमा कार्यरत थिए।
उनले गत भदौ महिनाको मध्यतिर नेप्सेमा राजीनामा दिएका थिए ।





Comment