काठमाडौं । नेपाल राष्ट्र बैंकले ११ जना कार्यकारी निर्देशकहरूको जिम्मेवारी परिवर्तन गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलको निर्णयअनुसार कात्तिक १७ गते विभिन्न विभागका निर्देशकहरूलाई नयाँ जिम्मेवारी तोकिएको हो।
विदेशी विनिमय शाखामा रहेका रेवतीप्रसाद नेपाल (आर ४६०) सम्पति तथा सेवा व्यवस्थापन विभागमा सरुवा भएका छन् । मुद्रा व्यवस्थापन विभागका रामु पौडेल (आर ४९१) बैंक तथा वित्तिय संस्था नियमन विभाग फर्किएका छन् । राष्ट्र बैंकमा यो विभागलाई शक्तिशाली विभाग मानिन्छ ।
मानव संसाधन विभागका विश्रुत थापा (वी ५५६) वित्तिय संस्था नियमन विभाग पुगेका छन् । मौद्रिक व्यवस्थापन विभागमा रहेका दयाराम शर्मा (डी २३९) गभर्नर कार्यालयमा आएका छन् । बैंक तथा वित्तिय संस्था नियमन विभागका गुरुप्रसाद पौडेल (जी २३०) मानव संसाधन विभाग आएका छन् । भुक्तानी प्रणाली विभागका किरण पण्डित (के ४०३) विदेशी विनिमय व्यवस्थापन विभाग पुगेका छन् ।
वित्तिय संस्था सुपरिवेक्षण विभागका सत्येन्द्र तिमिल्सिना (एस ६११) भुक्तानी प्रणाली विभाग पुगेका छन् । सम्पति तथा सेवा व्यवस्थापन विभागका रोशन कुमार सिग्देल (आर ४६४) बैंकिङ विभाग पुगेका छन् । बैंकिङ विभागका डा. डिल्लीराम पोख्रेल (डी २५१) मौद्रिक व्यवस्थापन विभागमा पुगेका छन् ।
संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभागका अनुज दाहाल (ए १४१) मुद्रा व्यवस्थापन विभागमा पुगेका छन् । गभर्नर कार्यालयका राजन विक्रम थापा (आर ४४०) संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग पुगेका छन् ।





Comment