काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासमा उल्लेख्य सुधार गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार असोज मसान्तसम्म बैंकले २ करोड ५२ लाख २३ हजार नाफा आर्जन गरेको छ ।
जुन अघिल्लो वर्षको सोही अवधिको ७३ लाख ६१ हजारको तुलनामा २३ करोडभन्दा बढी वृद्धि हो। बैंकको वार्षिक आम्दानी प्रति सेयर अघिल्लो वर्षको २ रुपैयाँ ६५ पैसा बाट बढेर ८ रुपैयाँ २९ पैसा पुगेको छ। यसले मितेरीको नाफा क्षमता उल्लेखनीय रूपमा सुधारिएको देखाउँछ।
समीक्षा अवधिमा १६ करोड २२ लाख ५५ हजार ब्याज आम्दानी गरेको छ। त्यस्तै ब्याज खर्च ८ करोड ९२ लाख ९२ हजार रहेको छ। यसैअनुसार बैंकको शुद्ध ब्याज आम्दानी ७ करोड २९ लाख ६२ हजार पुगेको छ, जुन गत वर्षको सोही अवधिको ४ करोड ११ लाख भन्दा झण्डै ७८ प्रतिशतले बढी हो। फि र कमीशन आम्दानी समेत बढ्दै ९६ लाख ६६ हजार पुगेको छ।
असोज मसान्तसम्म बैंकको कुल सम्पत्ति ९ अर्ब ४३ करोड ९३ लाख पुगेको छ, अघिल्लो वर्षको ८ अर्ब ३१ करोडको तुलनामा उल्लेखनीय वृद्धि हो। ग्राहक निक्षेप ६ अर्ब ५० करोडबाट बढेर ७ अर्ब ५९ करोड पुगेको छ भने ग्राहकलाई दिइएका कर्जा पनि ५ अर्ब ६६ करोड पुगेका छन्। बैंकको अवितरित कर्जा अनुपात घटेर ०.५५ प्रतिशत मा झरेको छ । जुन गत वर्षको १.८० प्रतिशतभन्दा धेरै सुधारिएको हो।
कर्जा क्षति व्यवस्थाको २६२ प्रतिशत पुगेको छ । जसले सम्भावित जोखिम व्यवस्थापन सुदृढ भएको संकेत गर्छ। त्यस्तै क्यापिटल एडिक्वेसी रेसियो २७.४३ प्रतिशत र टियर–१ पूँजी अनुपात २६.२३ प्रतिशत रहेको छ । जसले बैंकको जोखिम वहन क्षमतामा बल देखाउँछ।
मितेरीको रिटर्न अन इक्विटी ५.८२ प्रतिशत र रिटर्न अन एसेट १.१४ प्रतिशत पुगेको छ। यी दुवै सूचक गत वर्षको १.८४ प्रतिशत र ०.३७ प्रतिशत भन्दा उच्च रहेका छन्। कोस्ट अफ फन्ड्स घटेर ६.७४ प्रतिशतबाट ४.९२ प्रतिशतमा झरेको छ भने बेस रेट पनि ६.९५ प्रतिशतमा कायम भएको छ।





Comment