गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

गरिमा विकास बैंकले १०.५३ प्रतिशत लाभांश दिने



काठमाडौं । गरिमा विकास बैंकले सेयरधनीलाई १०.५३ प्रतिशत लाभांश दिने भएको छ । बैंकको कात्तिक २ गते बसेको सञ्चालक समितिको बैठकले कर प्रयोजनसहित ४.५३ प्रतिशत नगद लाभांश र ६ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको हो ।

प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीले लाभांश प्राप्त गर्नेछन् ।

बैंकले कात्तिक २७ गते होटल पोखरा ग्राण्डमा वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक १८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ ।

कात्तिक १७ गतेसम्म सेयर खरिद गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएकाहरू साधारणसभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

प्रकाशित : 26 October, 2025 1:26 pm